दराजले ल्यायो ‘४.४ नव वर्ष उत्सव’: ७५ प्रतिशतसम्मको छुट र बम्पर उपहारको उत्साह

सोमबार, १६ चैत्र २०८२, १२ : २७

काठमाडौं- नेपालीहरूको नयाँ वर्ष २०८३ लाई थप उत्साहजनक बनाउन नेपालको अग्रणी अनलाइन सपिङ गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतिक्षित '४.४ नव वर्ष उत्सव' सार्वजनिक गरेको छ। नयाँ वर्षको आगमनसँगै ग्राहकहरूलाई विशेष सपिङ अनुभव प्रदान गर्ने उद्देश्यले दराजले चैत १५ गते यो अभियानको औपचारिक घोषणा गरेको हो।

यस वर्षको '४.४ नव वर्ष उत्सव' आगामी अप्रिल ३ (चैत २०) बेलुका ८ बजेदेखि सुरु भई अप्रिल १० (चैत २७) सम्म सञ्चालन हुनेछ। एक सातासम्म चल्ने यस सेल मेलामा ग्राहकहरूले ७५ प्रतिशतसम्मको आकर्षक मेगा छुट, निःशुल्क होम डेलिभरी र कुल ८३ लाख रुपैयाँ बराबरका विभिन्न भौचरहरू प्राप्त गर्न सक्नेछन्।

 नयाँ वर्षको अवसरमा दराजले विभिन्न श्रेणीका प्रमुख ब्राण्डहरूसँग सहकार्य गरेको छ। यस अन्तर्गत प्लेटिनम पार्टनरहरू चर्च एण्ड ड्वाइट, एन्कर, होन्सा, ब्राण्डहाउस, युनिलिभर र मिनिमलिस्टका उत्पादनमा ६० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। त्यस्तै, गोल्ड पार्टनरका रूपमा रहेका फोरया र एक्सएजका सामानमा ६० प्रतिशत तथा सिल्भर पार्टनरहरू नाइक, फ्यानटेक र पीसेफका उत्पादनमा ६५ प्रतिशतसम्मको विशेष छुटको व्यवस्था गरिएको छ। अभियान अवधिभर ग्राहकहरूले दैनिक फ्ल्यास सेल मार्फत पनि थप सहुलियत प्राप्त गर्न सक्नेछन्।

 ग्राहकहरूको खरिद प्रक्रियालाई सहज र सस्तो बनाउन दराजले चार ठूला बैंकहरूसँग साझेदारी गरेको छ। नबिल बैंक, हिमालयन बैंक, महालक्ष्मी विकास बैंक र नेपाल बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत (अधिकतम रु. ७५०) र डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत (अधिकतम रु. ५००) सम्म अतिरिक्त छुट पाउनेछन्। डिजिटल वालेटतर्फ ईसेवा र खल्ती प्रयोगकर्ताका लागि विशेष 'रश आवर' अफरहरू समेत उपलब्ध गराइनेछ।

यस पटकको सेलमा सपिङ मात्र नभई ग्राहकहरूले भव्य उपहार जित्ने अवसर पनि पाउनेछन्। फिलिप्सको सहयोगमा उपलब्ध 'भव्य ग्रान्ड पुरस्कार' अन्तर्गत एक भाग्यशाली विजेताले करिब १ लाख ८० हजार रुपैयाँ बराबरको १५ वटा साना होम एप्लायन्ससहितको 'प्रिमियम बण्डल' प्राप्त गर्नेछन्।

यसका साथै अन्य उपहारहरूमा भिवो भी३० स्मार्टफोन, बडी जिम एक्सरसाइज साइकल, मियाकल्सका फर्निचर सामग्री, स्टिलबर्ड र एससीएएसका हेल्मेटहरू समावेश छन्। यी उपहारहरूका लागि योग्य हुन ग्राहकले सेल अवधिभर न्यूनतम ५,००० रुपैयाँको खरिद गरी कुनै पनि भुक्तानी माध्यम प्रयोग गर्नुपर्नेछ।

नयाँ वर्षको अभियानबारे बोल्दै दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले भने, “४.४ सेलले नेपालको डिजिटल व्यापार प्रणालीलाई सुदृढ बनाउने हाम्रो निरन्तर प्रतिबद्धतालाई प्रतिविम्बित गर्छ। सशक्त ब्राण्ड साझेदारी, आकर्षक भुक्तानी अफर र रोमाञ्चक पुरस्कारहरूको संयोजन गर्दै हामीले ग्राहकलाई नयाँ वर्ष २०८३ को स्वागतका लागि उत्कृष्ट किनमेल अनुभव प्रदान गर्ने लक्ष्य राखेका छौं।”

सन् २०१५ मा स्थापित दराजले हाल दक्षिण एसियाका पाँच देशमा आफ्नो सेवा विस्तार गर्दै ५० करोडभन्दा बढी जनसङ्ख्यालाई अत्याधुनिक प्रविधिमार्फत जोड्दै आएको छ। थप जानकारीका लागि ग्राहकले दराजको आधिकारिक वेबसाइट वा मोबाइल एप प्रयोग गर्न सक्नेछन्।

 
 
सोमबार, १६ चैत्र २०८२, १२ : २७

प्रतिक्रिया