काठमाडौं- चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालमा सुन आयात उल्लेख्य रूपमा घटेको छ। भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिक मसान्तसम्म २११ किलो मात्रै सुन आयात भएको छ।
यस अवधिमा चार अर्ब २२ करोड ८७ लाख रुपैयाँबराबरको सुन आयात भएको विभागले जनाएको छ। कात्तिक महिनामा मात्रै ६१ किलो सुन भित्रिएको छ, जसको मूल्य एक अर्ब १६ करोड ८६ लाख रुपैयाँ रहेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा भने ९०२ किलो सुन आयात भएको थियो। त्यतिबेला सुन आयातमा १५ अर्ब ७२ करोड ११ लाख रुपैयाँ खर्च भएको थियो। यससँग तुलना गर्दा चालू आवको चार महिनामा सुन आयातको परिमाण ७६.६० प्रतिशतले घटेको देखिन्छ।
आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई लाख ४८ हजार एक सय रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया