काठमाडौं- आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपालले टोली घोषणा गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज कप्तान सन्दीप लामिछानेको कप्तानीमा प्रतियोगिताका लागि १५ सदस्यीय टोली घोषणा गरेको हो ।
घोषित टोलीमा कप्तान सन्दीपसहित आसिफ शेख, कुशल भुर्तेल, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, राशिद खान, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिशेष गौतमले अवसर पाएका छन् ।
आइसिसी विश्वकप क्वालिफायर प्लेअफ यही मङ्सिर १८ देखि पुष ६ गतेसम्म नेपालमा आयोजना हुँदैछ । प्रतियोगितामा आठ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपालले मङ्सिर १८ गते इटालीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
प्रतियोगितामा अङ्क तालिकाको शीर्ष चारमा रहने टोलीले अर्को चरणमा स्थान बनाउने छन् । बाँकी चार टोलीको यात्रा समाप्त हुनेछ ।
प्रतिक्रिया