काठमाडौं- सामसङले नयाँ वर्ष २०८३ को सुखद अवसरमा आफ्ना ग्राहकहरूका लागि ‘Smart Ghar, Smart Suruwat’ नामक विशेष अभियान घोषणा गरेको छ। अप्रिल १ देखि मे १५, २०२६ सम्म लागू हुने यस योजना अन्तर्गत ग्राहकहरूले सामसङका नयाँ टिभी र होम एप्लायन्सहरूको खरिदमा आकर्षक छुट, पक्का उपहार र विस्तारित ईएमआई (EMI) सुविधा प्राप्त गर्न सक्नेछन्।
यस अभियान अन्तर्गत सामसङले आफ्ना विभिन्न उत्पादनहरूमा भारी छुटको व्यवस्था गरेको छ। ग्राहकहरूले सामसङ टिभीमा २५% सम्म, वासिङ मेसिनमा २३% सम्म र रेफ्रिजरेटरमा १९% सम्मको आकर्षक छुट पाउनेछन्। नयाँ वर्षको सुरुवातमा आफ्नो घरलाई स्मार्ट बनाउन चाहने परिवारका लागि यो निकै उपयोगी अवसर हुने कम्पनीले विश्वास लिएको छ।
छुटका अतिरिक्त सामसङले खरिदमा पक्का उपहारको समेत व्यवस्था गरेको छ। चुनिएका टिभी मोडलहरूको खरिदमा ग्राहकले ३,००० रुपैयाँ बराबरको १२ महिनासम्मको NETTV प्याकेज निःशुल्क प्राप्त गर्नेछन्। त्यस्तै, चुनिएका वासिङ मेसिनहरूको खरिदमा ६ केजीको सर्फ एक्सेल म्याटिक (Surf Excel Matic) पाउडर उपहार स्वरूप उपलब्ध गराइएको छ। यो अफर क्युएलइडी (QLED), यूएचडी (UHD), एफएचडी (FHD) र एचडी (HD) लगायतका टिभी मोडलहरू र एआई इकोबबल (AI Ecobubble) वासिङ मेसिनहरूमा उपलब्ध छ।
सामसङले ग्राहकको खरिद प्रक्रियालाई सहज बनाउन २४ महिनासम्मको विस्तारित ईएमआई योजना पनि ल्याएको छ। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकले ५०,००० रुपैयाँ भन्दा माथिका होम एप्लायन्सहरू ४०% डाउनपेमेन्ट गरी सजिलै खरिद गर्न सक्नेछन्। १२ महिनाको ईएमआई योजना ०% ब्याजदरमा उपलब्ध छ भने २४ महिनाको विकल्प रोज्ने ग्राहकका लागि ७.९९% अतिरिक्त ब्याज लाग्नेछ। साथै, पुराना उपकरणहरू साट्न चाहने ग्राहकले अर्को स्टोर (ArkoStore) वा नेपालभरका आधिकारिक सामसङ रिटेल स्टोरहरूबाट एक्सचेन्ज सुविधा समेत लिन सक्नेछन्।
प्रतिक्रिया