ताजा समाचार

जेडटिईको गेमिङ्ग स्मार्टफोन रेड म्याजिक ११ प्रो नेपालमा उपलब्ध

विहीबार, १९ चैत्र २०८२, १३ : १७

काठमाडौं- ग्लोबल टेक जायन्ट ZTE ले आफ्नो नयाँ गेमिङ्ग फ्ल्यागशिप स्मार्टफोन रेड म्याजिक ११ प्रो नेपालमा सार्वजनिक गरेको छ। यो अहिलेसम्मकै हाइएस्ट रेटेड गेमिङ्ग फोन मानिन्छ।

रेड म्याजिक ११ प्रो विशेषगरी तीव्र प्रदर्शन चाहने मोबाइल गेमर र पावर प्रयोगकर्ताहरूलाई लक्षित गरी डिजाइन गरिएको हो। यसमा स्न्यापड्रागन ८ एलीट जेन ५ प्रोसेसर, १६ जिबी र्याम, र ५१२ जिबी स्टोरेज उपलब्ध छ, जसले मल्टिटास्किङ र उच्च ग्राफिक्स गेमिङ्गमा स्मूथ अनुभव सुनिश्चित गर्दछ।

फोनको ६.८५ इन्च एमोलेड डिस्प्ले १४४ हर्ट्ज रिफ्रेस रेटसँग आउँछ, जसले तीव्र गतिका गेम र भिडियो स्ट्रिमिङलाई सहज बनाउँछ। ७,५०० एमएएच ब्याट्री र ८० वाट अल्ट्रा-फास्ट चार्जिङले लामो समयसम्म लगातार गेमिङ्ग र स्ट्रिमिङलाई सपोर्ट गर्छ।

रेड म्याजिक ११ प्रोमा त्रिपल रियर क्यामेरा सेटअप रहेको छ – ५० मेगापिक्सेल मेन सेन्सर, ५० मेगापिक्सेल अल्ट्रा-वाइड लेन्स, र २ मेगापिक्सेल अक्जिलरी सेन्सर। १६ मेगापिक्सेल फ्रन्ट क्यामेरा सेल्फी र भिडियो कलका लागि उपयुक्त छ।

ZTE नेपालका CEO सबिन श्रेष्ठले भने, “रेड म्याजिक सिरिजको आगमन हाम्रो विश्वव्यापी गेमिङ्ग रणनीतिमा महत्वपूर्ण कदम हो। हामी विश्वस्त छौँ कि ११ प्रोले हाई पर्फर्मेन्स खोज्ने नेपाली गेमरहरूमा सकारात्मक प्रभाव पार्नेछ।”

फोन १६ जिबी र्याम / ५१२ जिबी स्टोरेज भेरियन्टमा उपलब्ध छ र मूल्य रु १,६४,९९९ निर्धारण गरिएको छ। शंकर ग्रुप र जगदम्बा मोबाइल्स मार्फत नेपालभर उपलब्ध हुने यो स्मार्टफोनमा अग्रिम बुकिङमा रु ५,००० क्यास ब्याक र रु २०,००० बराबरको रेड म्याजिक गेमिङ्ग कन्सोल निःशुल्क प्राप्त गर्न सकिन्छ।

रेड म्याजिक ११ प्रोको लन्चसँगै ZTE ले नेपालमा आफ्नो गेमिङ्ग उपस्थितिलाई अझ सुदृढ गर्दै प्रयोगकर्ता-केन्द्रित एडभान्स्ड प्रविधि ल्याइरहेको छ।

 
 
विहीबार, १९ चैत्र २०८२, १३ : १७

प्रतिक्रिया