एकै दिन ७२ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?

बुधबार, २५ चैत्र २०८२, ११ : ०३

काठमाडौं- नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकै दिन सुनको मूल्य तोलामा ७ हजार २०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९९ हजार रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला  २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २०५ रुपैयाँले बढेर प्रतितोला ५ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ । 

 
 
 
 
 
 
 
बुधबार, २५ चैत्र २०८२, ११ : ०३

प्रतिक्रिया