अपडेट

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

शुक्रबार, २७ चैत्र २०८२, ११ : २८

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुन प्रतितोला रु दुई हजार २०० ले बढेको छ भने चाँदी पनि तोलामा रु ८५ ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९६० कायम भएको छ । 

हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ८७५ मा कारोबार भएको थियो । गत बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९९ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार २५ कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ३०० र त्यति नै परिमाणको चाँदी ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 
 
 
शुक्रबार, २७ चैत्र २०८२, ११ : २८

प्रतिक्रिया