नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ४०० रुपैयाँले घटेको हो ।
महासंघले छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँ तोकेको छ । यसअघि आइतबार सुन प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५४ हजार ३७० रुपैयाँ कायम गरिएको छ । हिजो १० ग्राम सुनको मूल्य २ लाख ५४ हजार ७१५ रुपैयाँ रहेको थियो ।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार सोमबार चाँदी प्रतितोला ७५ रुपैयाँले घटेर ४ हजार ९०० रुपैयाँमा झरेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया