एलएस अटोको ‘एलईभी एक्स’ सार्वजनिकः ५५० किमी रेन्ज ८४ लाख ९५ हजारमा

सोमबार, ३० चैत्र २०८२, १७ : ०६

काठमाडौँ- एलयस अटो ले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी ‘एलईभी एक्स’ नेपाली बजारमा सार्वजनिक गरेको छ । आधिकारिक वितरक ब्लू कर्पोरेशन प्रा.लि.मार्फत गाडी सार्वजनिक गरिएको हो । कम्पनीले नयाँ वर्षको अवसर पारेर काठमाडौंको ग्यानेश्वरस्थित नयाँ सोरुमबाट उक्त मोडल लन्च गरेको जनाएको छ ।

एलएस अटो, विश्वको ठूलो डिजाइन हाउस Shanghai Launch Automotive Technology अन्तर्गत सञ्चालनमा रहेको कम्पनी हो, जसले विगत २५ वर्षदेखि विभिन्न अटोमोबाइल ब्रान्डका लागि डिजाइन, इन्जिनियरिङ र प्रोटोटाइप उत्पादन गर्दै आएको छ । कम्पनीले अब आफ्नै ब्रान्डमा इलेक्ट्रिक सवारी उत्पादन सुरु गरेको हो ।

कम्पनीका अनुसार जियाङसी प्रान्तमा वार्षिक १ लाख ५० हजार उत्पादन क्षमता भएको कारखाना सञ्चालनमा छ भने युरोपेली बजार लक्षित गर्दै टर्कीमा समेत उत्पादन प्लान्ट स्थापना गर्ने तयारी भइरहेको छ। नेपालसहित यूएई, मौरिसस, टर्की, इजिप्ट, नाइजेरिया, कजाकिस्तान लगायत विभिन्न देशमा कम्पनीको उपस्थिति विस्तार भइसकेको छ ।

WhatsApp Image 2026-04-13 at 4.36.00 PM

एलईभी एक्सका मुख्य विशेषता

एलएस अटोको नयाँ मोडल ‘एलईभी एक्स’ क्रसओभर एसयूभी डिजाइनमा आधारित अल–ह्वील ड्राइभ (AWD) भर्सन हो । यसमा फ्रन्ट र रियर गरी १९८ किलोवाट क्षमताको डुअल मोटर जडान गरिएको छ । ७७ किलोवाट आवरको ब्याट्री प्याक रहेको यो गाडीले एकपटक फुल चार्जमा करिब ५५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।

प्योर इलेक्ट्रिक प्लेटफर्ममा आधारित यस गाडीमा एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा निर्मित लिथियम आयन फस्फेट ब्याट्री प्रयोग गरिएको छ । यसको ग्राउण्ड क्लियरेन्स २२१ एमएम रहेको छ भने एरोडाइनामिक डिजाइनका कारण ड्र्याग कोएफिसियेन्ट ०.२६८ मात्र रहेको कम्पनीले जनाएको छ ।

प्रिमियम फिचर र सुरक्षा

एलईभी एक्समा प्रिमियम इन्टेरियरसँगै अत्याधुनिक फिचरहरू समावेश गरिएको छ। जसमा ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ, मल्टीकलर एम्बियन्ट लाइट, प्यानोरामिक मुनरूफ, इलेक्ट्रिक टेलगेट, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, मल्टी ड्राइभ मोड, हाइड्रोलिक बोनट लगायतका सुविधा छन् ।

सुरक्षाका दृष्टिले १० वटा एयरब्याग, एबीएस, ईबीडी, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, क्रुज कन्ट्रोल, हिल असिस्ट जस्ता प्रणाली जडान गरिएको छ । कम्पनीका अनुसार गाडीले भ्गचय ल्ऋब्ए बाट ५–स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ ।

अन्य मोडल र मूल्य

यसअघि कम्पनीले ‘एलईभी ०१’ मोडल नेपाली बजारमा ल्याइसकेको छ, जसले एकपटकको चार्जमा ५०० किलोमिटरसम्म रेन्ज दिने बताइएको छ ।

मूल्य सूचीः
एलईभी ०१ (बेस मोडल): रु. ५९,९५,०००
एलईभी ०१ (हाइ भेरियन्ट): रु. ६४,९५,०००
एलईभी एक्स (AWD): रु. ८४,९५,०००

सेवा र अफर

कम्पनीले काठमाडौंको कालोपुलमा सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको छ भने देशभर चार्जिङ स्टेशन विस्तार गर्ने योजना पनि अघि सारेको छ । नयाँ सोरुमबाट टेस्ट ड्राइभ गर्ने ग्राहकलाई आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरिएको छ भने बुकिङपछि गाडी डेलिभरी लिने ग्राहकलाई चीन भ्रमणको अवसरसमेत दिने कम्पनीका महाप्रबन्धक नबिन फुयालले जानकारी दिएका छन् ।

नयाँ वर्षको अवसरमा सार्वजनिक गरिएको ‘एलईभी एक्स’ ले नेपाली बजारमा प्रिमियम इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा प्रतिस्पर्धा थप तीव्र बनाउने अपेक्षा गरिएको छ ।

WhatsApp Image 2026-04-13 at 4.35.59 PM
 

 
 
 
 
सोमबार, ३० चैत्र २०८२, १७ : ०६

प्रतिक्रिया