नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि, कतिमा हुँदैछ कारोबार ?

विहीबार, ०३ बैशाख २०८३, ११ : २४

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन तोलामा रुपैयाँले १०० रुपैयाँले बढेको हो । 

आजका लागि तोलाको तीन लाख दुई हजार ८०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन तीन लाख दुई हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य ३० रुपैयाँले बढेर पाँच हजार २५० कायम भएको छ । हिजो पाँच हजार २२० मा किनबेच भएको थियो । 

 
विहीबार, ०३ बैशाख २०८३, ११ : २४

प्रतिक्रिया