काठमाडौं– नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला करिब ३ हजार रुपैयाँले घटेको हो ।
महासंघले निर्धारण गरेको नयाँ मूल्यसूची अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार चाँदी आज तोलामा १२० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँमा बिक्री भएको थियो ।
प्रतिक्रिया