भट्ट र अग्रवाललाई सात दिन हिरासतमा राख्न अदालतको आदेश

बुधबार, ०९ बैशाख २०८३, १७ : २५

काठमाडौँ- व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप अनुसन्धान गर्न अदालतले सात दिन म्याद थपको आदेश दिएको छ।

बुधबार सम्पत्ति शुद्धीकरण मुद्दामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश गरेको हो।  

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका भट्ट र अग्रवाल दुवै जना अहिले विभागको हिरासतमा छन् । भट्ट र अग्रवाल निजी क्षेत्रको इन्स्योरेन्स कम्पनी हिमालय रि को ठुला सेयरधनी मध्येका हुन् ।

 
बुधबार, ०९ बैशाख २०८३, १७ : २५

प्रतिक्रिया