चैत महिनामा मात्रै वैदेशिक रोजगारीको लागि बाहिरिए ६२ हजार नेपाली

विहीबार, १० बैशाख २०८३, १७ : १९

काठमाडौं– वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार गत फागुनको तुलनामा चैत महिनामा श्रम स्वीकृति लिने झन्डै ९ हजारले बढेको छ ।

फागुनमा ५२ हजार ९४४ जनाले श्रम स्वीकृति लिएकामा चैत मसान्तसम्म ८ हजार ८७५ जनाले वृद्धि भएर ६१ हजार ८१९ जनाले श्रम स्वीकृति लिएका छन् । 

विभागका अनुसार चैतमा ५५ हजार ७१२ पुरुष र ६ हजार १०७ महिलाले श्रम स्वीकृति पाएका छन् । यस सङ्ख्यामा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या पनि जोडिएको छ। नयाँ श्रम स्वीकृति लिनेको  सङ्ख्या भने २० हजार ५४५ छ । जसमा १७ हजार ६७० पुरुष र २ हजार ८७५ महिला रहेका छन्।यसरी चैत महिनामा मात्रै वैदेशिक रोजगारीको खोजीमा करिब ६२ हजार नेपाली बिदेसिएका हुन् ।

 
विहीबार, १० बैशाख २०८३, १७ : १९

प्रतिक्रिया