अपडेट

२ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

शुक्रबार, ११ बैशाख २०८३, ११ : १४

काठमाडौँ- नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको भाउ प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ । 

बिहीबार सुन प्रतितोला दुई लाख ९८ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो । 

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला पाँच हजार २० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ घटेको हो ।

 
 
 
शुक्रबार, ११ बैशाख २०८३, ११ : १४

प्रतिक्रिया