काठमाडौं- संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियार(परिश्रमी) पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले परिश्रमीलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले परिश्रमी पक्राउ परेको पुष्टि गर्दै बैंकिङ कसुरको अभियोगमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन्।
पछिल्लो समय काठमाडौंको थापाथलीस्थित बागमती किनारको सुकुमवासी बस्ती हटाउने सरकारको निर्णय र त्यससँग जोडिएका सुरक्षा व्यवस्थाका कारण उक्त क्षेत्रमा तनाव सिर्जना भइरहेको छ।
यस्तो संवेदनशील परिस्थितिमा सुकुमवासी मोर्चाको नेतृत्व गरिरहेका परिश्रमीको पक्राउलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि प्रहरीले उनको पक्राउलाई बैंकिङ कसुरको मुद्दाका रूपमा मात्र स्पष्ट पारेको छ।
प्रतिक्रिया