काठमाडौं– नेपाल मेडिकल काउन्सिलले १७ जना चिकित्सकको नाम दर्ता खारेज गरेको छ । नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी र नागरिकता लिएको पुष्टि भएपछि ती चिकित्सकहरूको काउन्सिलको दर्ता किताबबाट नाम हटाइएको हो ।
काउन्सिलले शुक्रबार एक सूचना जारी गर्दै नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ र नेपाल नागरिकता ऐन २०६३ बमोजिम ती चिकित्सकहरूको दर्ता खारेज गर्ने निर्णय भएको जनाएको छ । यो निर्णय सूचना प्रकाशित भएकै मितिदेखि लागू भएको जनाइएको छ ।

प्रतिक्रिया