शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने

शुक्रबार, ११ बैशाख २०८३, १४ : २१

काठमाडौं– जिल्ला प्रशासन कार्यालय, काठमाडौंले शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काउने जानकारी गराएको छ। शुक्रबार  ‘अत्यन्त जरुरी सूचना’ सार्वजनिक गर्दै काठमाडौ प्रशासनले शनिबार बिहानदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काउने जानकारी गराएको हो ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जारी गरेको सूचनामा नदी किनारका सार्वजनिक, सरकारी जग्गामा भएका घर टहरा खाली गरिने जनाइएको छ। यसका लागि शुक्रबार साँझ ७ बजेसम्म घर टहरा खाली गर्न भनिएको छ ।

 

 

 
शुक्रबार, ११ बैशाख २०८३, १४ : २१

प्रतिक्रिया