काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ।
उनीहरूबीच सोमबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको हो ।
भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधिको क्षेत्रमा चीन सरकारको सहयोग विशेष गरी विद्यालयको पूर्वाधार, पठनपाठनमा डिजिटल प्रणाली लगायत संस्थागत विकास एवं समसामयिक विषयमा छलफल भएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया