काठमाडौं- नेपालमा चालु आर्थिक वर्षको नवौं महिना चैत मसान्तसम्म डेढ अर्ब रुपैयाँभन्दा बढीको राउटर आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२र८३ को यो अवधिसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार १ अर्ब ६६ करोड ६२ लाख ७० हजार रुपैयाँ बराबरको राउटर आयात भएको छ। उक्त अवधिसम्म माथि उल्लिखित रकम बराबरको ७ लाख ६ हजार २३५ थान राउटर आयात भएको विवरणमा उल्लेख छ।
यो आयातबाट सरकारले ३१ करोड १८ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा पनि छिमेकी चीन र भारतसहित विश्वका जम्मा १४ मुलुकबाट राउटर आयात भएको छ।
यो अवधिमा सबैभन्दा बढी चीनबाट १ अर्ब ५८ करोड ४ लाख ८७ हजार रुपैयाँ बराबरको ६ लाख ७९ हजार ८२४ थान राउटर आयात भएको छ। यसैगरी भारतबाट ७ लाख ४९ हजार बराबरको ८७३ थान, मलेसियाबाट ४ लाख ९८ हजार बराबरको ५१ थान, कतारबाट २ हजार बराबरको ५ थान, अमेरिकाबाट ३ लाख ६७ हजार बराबरको ३ थान राउटर आयात भएको छ।
यसैगरी भियतनामबाट ७ करोड ६० लाख ४१ हजार बराबरको २५ हजार १०७ थान राउटर आएको छ।
प्रतिक्रिया