काठमाडौं- नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन् ।
नियुक्तिको १ वर्ष नपुग्दै बस्यालले सोमबार अर्थ मन्त्रालयमा पुगेर मन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर राजीनामा बुझाएका हुन् । गत भदौ १९ गते उनी नेप्सेको अध्यक्ष नियुक्त भएका थिए ।
सरकारले विगतमा राजनीतिक नियुक्त भएका विभिन्न निकायका उच्च पदाधिकारीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्दै आएको थियो ।
साथै नेप्सेका सीईओ चापागाईंले पनि पदबाट राजीनामा दिएका छन् । उनले पनि अर्थमन्त्री वाग्लेलाई भेटेर राजीनामा दिएका हुन् । चापागाईंलाई २०८१ चैत १९ गते बसेको मन्त्रिपरिषद् बैठकले नियुक्ति दिएको थियो ।
प्रतिक्रिया