काठमाडौं– नेपाली बजारमा आज (बुधबार) सुन प्रतितोला तीन हजार रूपैयाँले घटेकोे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ ।
मंगलबार सुन प्रतितोला दुई लाख ९७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला चार हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो ।
प्रतिक्रिया