काठमाडौँ- नेपाल सरकारले नेपाल र अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पाेरेशनको सह–लगानीमा कार्यान्वयन गरिने कार्यक्रमको जिम्मेवार निकायका रूपमा विकास समिति ऐन, २०१३ अन्तर्गत २०७५ साल वैशाख ५ गते एमसिए–नेपाल स्थापना गरेको हो ।
लालदरवार सम्मेलन केन्द्र, याक एण्ड यति कम्प्लेक्स, दरवार मार्ग, काठमाडौँ, नेपाल +९७७ ०१-४५४०९५१, [email protected],www.mcanp.org समृद्धिको पाटो, बिजुली र बाटो यसैगरी नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदुत स्कट अर्बमले भने, “आजको यस धानखोला – लमही सडक खण्ड स्तरोन्नति कार्यको शुभारम्भ संयुक्त राज्य अमेरिका तथा नेपालबीचको साझेदारीका सन्दर्भमा एउटा महत्वपुर्ण कोशेढुङ्गा हो ।
एमसीसी नेपाल कम्प्याक्टमार्फत हामी ढुवानी लागत घटाउने, सुरक्षा वृद्धि गर्ने तथा समुदायहरूलाई बजार र अवसरहरूसँग जोड्ने उच्च गुणस्तरका दिगो पुर्वाधारमा लगानी गर्दैछौँ ।”
उनले थपे, “यस आयोजनाले नेपालको भविष्यप्रति हाम्रो विश्वास र दिगो आर्थिक वृद्धिका लागि हाम्रो संयुक्त निष्ठालाई प्रतिविम्बित गर्छ ।” भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव सुशील बाबु ढकालले उक्त समारोहलाई सम्बोधन गर्दै भने, “एमसिए–नेपालको लगानी नेपाल सरकारका योजना तथा कार्यक्रमका पुरकका रूपमा तयार गरिएको उल्लेख गर्न पाउँदा एमसिए–नेपालको सञ्चालक समितिका सदस्यका रूपमा मलाई हर्ष लागेको छ ।

यो सहकार्यले सबल पुर्वाधार निर्माण र हाम्रा समुदायहरूका लागि आर्थिक अवसर विस्तारप्रति हाम्रो साझा प्रतिबद्धता प्रतिविम्बित गर्छ । संलग्न सबैको प्रयासप्रति सराहना व्यक्त गर्दै यस महत्वपुर्ण आयोजना समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।”
एमसीसीका राष्ट्रिय आवासीय उप–निर्देशक सञ्जय पौड्यालले आजको यस महत्वपुर्ण कदमले दीर्घकालीन कार्यसम्पादन सुनिश्चित गर्ने अत्याधुनिक प्रविधिहरू प्रयोग गरेर सबल एवं लागत प्रभावकारी पुर्वाधार निर्माणमा नेपाललाई सघाउने एमसीसीको प्रतिबद्धतालाई प्रतिविम्बित गरेको उल्लेख गरे ।
समारोहलाई सम्बोधन गर्दै एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले भने, “धानखोला – लमही सडक खण्ड स्तरोन्नति कार्यको थालनी एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको सडक मर्मत आयोजना कार्यान्वयनका सन्दर्भमा महत्वपुर्ण कदम हो । एमसिए–नेपाल यो आयोजना प्रभावकारी रूपमा, पारदर्शितापुर्वक तथा उच्चतम गुणस्तरसहित सम्पन्न गर्न प्रतिबद्ध छ ।”
उनले अगाडि थपे, “ नेपाल सरकार, मिलेनियम च्यालेञ्ज कर्पाेरेशन र हाम्रा प्रमुख सरोकारवालाहरू भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागका साथै एमसिए–नेपाल सञ्चालक समितिप्रति उनिहरूको अनवरत सहयोगका लागि आभार व्यक्त गरे ।”
सडक मर्मत आयोजना एमसीसी नेपाल कम्प्याक्टको महत्वपुर्ण अंश हो र यसले ढुवानी लागत घटाउने तथा नेपालका सडकको अवस्थामा सुधार ल्याउने उद्देश्य राखेको छ ।
प्रतिक्रिया