बाग्मती नदी किनारका बस्ती हटाउन ६ वटा बुलडोजर परिचालन

शुक्रबार, १८ बैशाख २०८३, ०८ : ५९

काठमाडौं- दोस्रो चरणअन्तर्गत काठमाडौं उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि ६ वटा बुलडोजर तयारी अवस्थामा राखिएको छ । 

टेकुस्थित कालोपुल अगाडिबाट यी डोजरहरू नदी किनारतर्फ लागेका छन् । सरकारले डोजर चलाउने तयारी गरेका स्थानहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ । 

कतिपय स्थानमा सुरक्षाकर्मीले सामान सार्न सहयोग गरिरहेका छन् । बिहान ७ बजेबाट  डोजर चलाउने भनिए पनि सवा ८ बजेसम्म काम सुरु भने भएको छैन ।

शुक्रबार, १८ बैशाख २०८३, ०८ : ५९

प्रतिक्रिया