१९ चिकित्सकको दर्ता खारेज

शुक्रबार, १८ बैशाख २०८३, १० : १३

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले १९ जना चिकित्सकको दर्ता खारेज गरेको छ । काउन्सिलले दर्ता किताबबाट नाम हटाउँदै १९ चिकित्सकको काउन्सिलको दर्ता खारेज गरेको हो । 

नेपाल मेडिकल काउन्सिल ऐन, २०२०, नियमावली २०२४, नेपाल नागरिकता ऐन २०६३ अनुसार काउन्सिलले नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका चिकित्सकको दर्ता खारेज गरेको जनाएको छ । 

वैशाख १८ गतेदेखि लागु हुने गरी दर्ता खारेज गरिएको काउन्सिलले जानकारी दिएको छ । 

684832827_1672271453815724_6182334906660739748_n-1777602381

शुक्रबार, १८ बैशाख २०८३, १० : १३

प्रतिक्रिया