अपडेट

सुनको भाउ घट्दा चाँदीको बढ्यो, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सोमबार, २१ बैशाख २०८३, ११ : १७

काठमाडौं- नेपाली बजारमा आज सोमबार सुनको मूल्य घट्दा चाँदीको मूल्य बढेको छ ।

सुनको मूल्य आज सोमबार तोलामा ३ सय रुपैयाँ घटेर २ लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलाको २ लाख ९५ हजार १०० रुपैयाँ थियो । 

यस्तै, शुक्रबार सुनको भाउ तोलामा ३४ सय रुपैयाँ बढेर २ लाख ९६ हजार १ सय रुपैयाँ पुगेको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, चाँदीको भाउ आज तोलामा २० रुपैयाँ बढेर ५ हजार ३० रुपैयाँ पुगेको छ । 

 
 
सोमबार, २१ बैशाख २०८३, ११ : १७

प्रतिक्रिया