शेखर गोल्छालाई हिरासतमा राख्ने म्याद थप्न अदालतको अस्वीकार

मंगलबार, २२ बैशाख २०८३, १६ : ३१

काठमाडौं- जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप्न अस्वीकार गरेको छ ।

न्यायाधीश मोना सिंहको इजलासले यसअघि जारी पक्राउ अनुमतिको म्याद नथप्ने आदेश दिएको हो । आदेशमा हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएको भन्दै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (३) अनुसार म्याद थप अस्वीकार गरिएको उल्लेख छ । यससँगै केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई हिरासतमुक्त गर्दै अनुसन्धान अघि बढाउनुपर्ने भएको छ ।

यसअघि सर्वोच्च अदालतले धरौटी वा जमानतको व्यवस्था हुँदाहुँदै थुनामा राखेर अनुसन्धान गरिएको भन्दै धितोपत्र कसुरको अनुसन्धानमाथि प्रश्न उठाएको थियो । पछि बीमासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको भन्दै सीआईबीले रिहा गर्न नमानेको थियो ।

तर सोही कसुरमा म्याद थपका लागि अदालतमा पेश गर्दा जिल्ला अदालतले पुनः म्याद थप्न अस्वीकार गरेको हो ।

 
मंगलबार, २२ बैशाख २०८३, १६ : ३१

प्रतिक्रिया