अपडेट

सुनचाँदीको मूल्य बढ्यो, आज प्रतितोला कति पुग्यो ?

बुधबार, २३ बैशाख २०८३, १० : ५४

काठमाडौं– मंगलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा रु पाँच हजार ८०० र चाँदी रु १७५ ले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार ५५ कायम भएको छ । 

हिजो मंगलबार एक तोला छापावाल सुन रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ८८० मा किनबेच भएको थियो । 

 
 
बुधबार, २३ बैशाख २०८३, १० : ५४

प्रतिक्रिया