दीपक भट्ट र शुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति

बुधबार, २३ बैशाख २०८३, १५ : ४६

काठमाडौं- सम्पत्ति शुद्धीकरण तथा सम्बद्ध कसूरको अनुसन्धानका लागि पक्राउ परेका प्रतिवादीहरू दिपक भट्ट र शुलभ अग्रवालको म्याद पुनः थप गरिएको छ । विशेष अदालत काठमाडौंका सदस्य माननीय न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धान कार्य जारी राख्न दुवै प्रतिवादीलाई थुनामा राख्ने अनुमति दिएको हो ।               

अदालतको आदेश अनुसार, प्रतिवादी दिपक भट्टको हकमा आज पाँचौँ पटक १२ दिनको म्याद थप गरिएको छ । त्यसैगरी, अर्का प्रतिवादी शुलभ अग्रवालको हकमा छैटौँ पटक १२ दिनको म्याद थप भएको छ । यो म्याद थप मिति २०८३ साल वैशाख २३ गतेदेखि लागू हुने गरी प्रदान गरिएको हो । 

अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ मा हालै भएको संशोधन र नयाँ अध्यादेशले गरेको कानुनी व्यवस्थालाई ध्यानमा राख्दै यो निर्णय लिइएको देखिन्छ । सरकारी वकीलको राय प्रतिवेदन तयार पार्ने, अभियोजन कार्य र केन्द्रीय अनुसन्धान ब्यूरो बाट भइरहेको सम्बद्ध कसूरतर्फको अनुसन्धान अझै बाँकी रहेकाले थप समय माग गरिएको थियो ।

 
बुधबार, २३ बैशाख २०८३, १५ : ४६

प्रतिक्रिया