ताजा समाचार

तीन दिनपछि खुल्यो बिपी राजमार्ग, अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध

विहीबार, २४ बैशाख २०८३, १० : १९

काभ्रेपलाञ्चोक– बाढीले अवरुद्ध बिपी राजमार्ग तीन दिनपछि खुलेको छ । अस्थायी ‘डाइभर्सन’ बनाएर यो मार्गमा आज बिहानदेखि सवारी आवागमन खुलेको हो ।

जिल्ला प्रहरी कार्यालयले वर्षा जारी रहेकाले अत्यावश्यक बाहेक यो मार्गबाट यात्रा नगर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ । गत सोमबारको वर्षासँगै रोशी खोलामा आएको बाढीले बाटो बन्द भएको थियो ।

वर्षा हुनेबित्तिकै रोशी क्षेत्रको करिब चार किलोमिटर क्षेत्रमा निर्माण गरिएको अस्थायी डाइभर्सनमा क्षति पुग्ने भएकाले प्रहरीले आवागमन बन्द गराउने गरेको छ । राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई  धुलिखेल तथा काभ्रेभञ्ज्याङ र मङ्गलटार तथा सिन्धुलीको नेपालथोकमा राखिन्छ । 

गत सालको बाढीपहिरोले राजमार्गको चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि खोलामै डाइभर्सन निर्माण गरी सवारी साधन सञ्चालन गरिएको  थियो । हाल उक्त क्षेत्रमा सडक निर्माण भइरहेको छ । 
 

 
विहीबार, २४ बैशाख २०८३, १० : १९

प्रतिक्रिया