काठमाडौं- नेपाली बजारमा आज (बिहिबार) पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा १ हजार ८०० र चाँदी १०५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदी पनि बढेर ५ हजार १५५ रुपैयाँ कायम भएको छ ।
हिजो बुधबार छापावाल सुन प्रतितोला २ लाख ९६ हजार ८०० र चाँदी ५ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया