सर्लाही– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता नारायणकाजी श्रेष्ठले भूमिहीन सुकुमबासी अन्तरक्रिया गर्न लागेका छन् । उनले आफ्नो निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नं ३ मा भूमिहीन सुकुमबासी जनतासँग अन्तरक्रिया गर्न लागेका हुन् ।
सर्लाही निर्वाचन क्षेत्र नं ३ अन्तर्गत बागमती नगरपालिका र आसपासमा बसोबास गरिरहेका भूमिहीन सुकुमबासी जनतासँग आज दिउँसो ३ बजे अन्तरक्रिया गर्न लागेको नेता श्रेष्ठले जानकारी दिए ।
सरकारले उपत्यका लगायत देशका विभिन्न स्थानबाट सुकुमबासी बस्ती खाली गर्न थालेपछि श्रेष्ठले सर्लाहीका भूमिहीनसँग छलफल गर्न लागेका हुन् । गत फागुन २१ को निर्वाचन श्रेष्ठ यही क्षेत्रबाट चुनाव लडेर पराजित भएका थिए ।
प्रतिक्रिया