काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बाहिरिएका सुदन किराती श्रम संस्कृति पार्टीमा समाहित भएका छन्।
किरातीलाई शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अंकमाल गरेर पार्टीमा स्वागत गरेका हुन् । उनी अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बन्ने भएका छन् ।
साथै उनको समूहलाई एक सचिवसहित १५ केन्द्रीय सदस्य दिइने समझदारी भएको बताइएको छ।
प्रतिक्रिया