सुरक्षण मुद्रण केन्द्रको रिक्त कार्यकारी निर्देशक पदका लागि आवेदन माग

शनिबार, २६ बैशाख २०८३, ०९ : २७

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको रिक्त कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरेको छ । मन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै इच्छुक र योग्य व्यक्तिहरूबाट दरखास्त आह्वान गरेको हो ।

दरखास्त पेस गर्ने अन्तिम मिति २०८३ साल जेठ ५ गते कार्यालय समयसम्म तोकिएको छ ।

योग्य उम्मेदवारहरूले आवश्यक न्यूनतम योग्यता, दरखास्त फाराम र संलग्न गर्नुपर्ने कागजातहरूको बारेमा विस्तृत जानकारी मन्त्रालयको वेबसाइट www.mocit.gov.np मा उपलब्ध छ ।

sul_fWpok5V4Tb

 
शनिबार, २६ बैशाख २०८३, ०९ : २७

प्रतिक्रिया