ताजा समाचार

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व संकलन

आइतबार, २७ बैशाख २०८३, १० : १५

काठमाडौँ- बितेका २४ घण्टामा एक  हजार ८५४ सवारी चालक सवारी नियम उल्लघंनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ४८ हजार राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १२५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६६, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १७९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १७१ जनालाई कारबाही गरिएको हो । 

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने २७, निषेधित क्षेत्रमा हर्न बजाउने १०४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ६६, एकतर्फी सडकमा सवारी चलाउने ११२ र अन्य सवारी नियम पालना नगरेका एक हजार ९०४ जनालाई कारबाही गरिएको हो ।
 

 
आइतबार, २७ बैशाख २०८३, १० : १५

प्रतिक्रिया