काठमाडौं- नेपाली बजारमा आज (सोमबार) पनि सुनको भाउ चार सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ ।
आइतबार सुन प्रतितोला दुई लाख ९८ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ ।
आइतबार प्रतितोला पाँच हजार तीन सय रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार तीन सय ४० रूपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ बढेको हो।
प्रतिक्रिया