बैंकिङ कसुरको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

सोमबार, २८ बैशाख २०८३, १२ : ०३

काठमाडौं- दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन्।

अध्यक्ष शाहीले दिएको करिब ५ लाख रूपैयाँको चेक बाउन्स भएपछि एक स्थानीयले उजुरी दिएका थिए । सोही आधारमा दैलेख प्रहरीले उनलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार शाहीलाई हाल हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । थप अनुसन्धानका लागि अदालतबाट म्याद पनि थप भइसकेको प्रहरीले जनाएको छ।

 
सोमबार, २८ बैशाख २०८३, १२ : ०३

प्रतिक्रिया