सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

मंगलबार, २९ बैशाख २०८३, ११ : १५

काठमाडौं- नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ चार हजार चार सय रूपैयाँले बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ । 

सोमबार सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ ।

सोमबार प्रतितोला पाँच हजार तीन सय ४० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार ६ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय ५५ रूपैयाँ बढेको हो ।
 

 
 
 
 
मंगलबार, २९ बैशाख २०८३, ११ : १५

प्रतिक्रिया