प्रधानमन्त्री नआएपछि अर्थमन्त्रीले गरे नीति तथा कार्यक्रममाथिको प्रस्ताव

बुधबार, ३० बैशाख २०८३, १५ : ४१

काठमाडौं- प्रतिनिधिसभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएको छ । बुधबार १५ मिनेटका लागि स्थगित भएपछिको दोस्रो बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट प्रस्ताव प्रस्तुत गरेका हुन् । 

अघिल्लो बैठकमा विपक्षी दलले प्रधानमन्त्री नआएको भन्दै सदन अवरोध गरेका थिए । सभामुखले दलहरूसँग छलफल गरेपछि बैठक सुरु भएको हो । 

बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आग्रह गरे । संसद्मा प्रधानमन्त्रीको उपस्थितिका लागि रूलिङ माग गरे ।

 
बुधबार, ३० बैशाख २०८३, १५ : ४१

प्रतिक्रिया