एक महिनामै पाथीभरामा एक करोड ६ लाख भेटी संकलन

शुक्रबार, ०१ जेठ २०८३, १० : ०३

ताप्लेजुङ– पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड ६ लाख २८ हजार भेटी संकलन भएको छ । 

वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । 

चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन् । गत चैतमा रु ५८ लाख ५७ हजार ५०० र फागुनमा रु ३१ लाख १० हजार संकलन भएको थियो । 

 
शुक्रबार, ०१ जेठ २०८३, १० : ०३

प्रतिक्रिया