प्रधानमन्त्रीको सचिवालयबाट भन्दै वडा सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ

शनिबार, ०२ जेठ २०८३, १५ : २५

काठमाडौं- दैलेखको दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई धम्की दिने प्रकाश खड्का पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले भण्डारीलाई पक्राउ गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक टोल घर भई जिल्ला काठमाडौँ, शंखमुल बस्ने २२ वर्षीय खड्कालाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

खड्काले वडा सचिव भण्डारीलाई प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्क्याएको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त अडियो सार्वजनिक हुनासाथ प्रधानमन्त्री कार्यालयले खड्कालाई तत्काल कानुनको दायरामा ल्याई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित सुरक्षा निकाय एवम् अनुसन्धान निकायलाई कडा निर्देशन दिएको थियो ।

शनिबार, ०२ जेठ २०८३, १५ : २५

प्रतिक्रिया