काठमाडौं- नेपाल वायुसेवा निगमले समयमै कर्जाको सावाँ र ब्याज भुक्तानी नगर्दा विमान किन्न लिएको ३६ अर्ब कर्जा बढेर ५५ अर्ब नाघेको छ। महालेखापरीक्षकको ६३औँ प्रतिवेदनले सरकार जमानी बसेर निगमलाई दिइएको कर्जा ह्वात्तै बढेको औँल्याएको हो।
निगमले ए३२० र ए३३० जहाज खरिदका लागि २०७० असार ४ र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब र नागरिक लगानी कोषबाट १२ अर्बसमेत गरी ३६ अर्ब कर्जा लिएको थियो।
तर भुक्तानी तालिकाबमोजिम सावाँ र ब्याज भुक्तानी नगरेका कारण कुल तिर्न बाँकी सावाँ तथा ब्याज कर्मचारी सञ्चय कोषलाई ३१ अर्ब ३३ करोड ९२ लाख ६१ हजार र नागरिक लगानी कोषलाई २१ अर्ब १२ करोड १७ लाख गरी कुल ५५ अर्ब ४ करोड ७८ लाख पुगेको हो।
प्रतिक्रिया