संघीय संसद्का दुवै सदनको बैठक बस्दै

सोमबार, ०४ जेठ २०८३, १० : १०

काठमाडौं– संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने कार्यसूची छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । साथै आर्थिक वर्ष २०८३÷८४ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल प्रारम्भ हुने संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जनाएका छन् ।
    
राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३र८४ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा ९कर प्रस्तावबाहेक० छलफल प्रारम्भ हुने कार्यसूची रहेको जनाइएको छ ।

 
सोमबार, ०४ जेठ २०८३, १० : १०

प्रतिक्रिया