प्रतिनिधिसभाको कार्यव्यवस्था समितिमा कांग्रेसका तीन सांसद फेरिए

सोमबार, ०४ जेठ २०८३, १३ : ३१

काठमाडौं- प्रतिनिधिसभाको कार्यव्यवस्था समितिमा कांग्रेसका तीन सांसद फेरिएका छन् । सभामुख डीपी अर्यालले यसअघि रहेका नामहरूमा हेरफेर गरिएको उल्लेख गरेका हुन् ।

 यसअघि समितिमा कांग्रेसका तर्फबाट गंगालक्ष्मी अवाल, नरेन्द्र कुमार केरुङ र निनुकमारी कर्ण सदस्य रहेका थिए । उनीहरूको स्थानमा वासना थापा, योगेश गौचन थकाली र सीता थपलियालाई सदस्य मनोनयन गरेको सभामुख अर्यालले जानकारी दिए ।
 

 
सोमबार, ०४ जेठ २०८३, १३ : ३१

प्रतिक्रिया