काठमाडौं- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी ओलीको निवास भक्तपुरको गुण्डुमा बैठक सुरु भएको हो ।
फागुन २१ को निर्वाचनपछि अध्यक्ष ओलीको उपस्थितिमा औपचारिक रूपमा पहिलो पटक बस्न लागेको बैठकले नेताहरूको कार्य विभाजन गर्ने मुख्य एजेन्डा रहेको बताइएको छ । त्यसबाहेक नेताहरूको वरीयता निर्धारण र चुनावी समीक्षा पनि बैठकको एजेन्डा बन्न सक्ने नेताहरूको भनाइ छ ।
तर बैठक सुरु हुनुअघि छलफलका एजेन्डाबारे सदस्यहरूलाई कुनै जानकारी गराइएको छैन । ‘एजेन्डा जानकारी गराइएको छैन, बैठकमै थाहा होला’, एक सचिवालय सदस्य भन्छन्, ‘कार्य विभाजन हुन्छ भन्ने सुनिएको छ ।’
गत पुसमा ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको एमालेले अहिलेसम्म नेताहरुको कार्य विभाजन गरेको छैन । त्यस्तै, स्थायी कमिटी, पोलिटब्युरो लगायतका पार्टी कमिटी र विभागहरू समेत बनाएको छैन ।
एमाले सचिव पदमा अर्याल अध्यक्षको स्वास्थ्य अवस्थाका कारण सोमबारको बैठकमा कार्यविभाजन सम्बन्धी छलफल गरेर टुङ्गिन सक्छ । फागुन २१ को निर्वाचनपछि एमाले अध्यक्ष केपी शोकमा परेका थिए भने त्यसपछि गिरफ्तार । गिरफ्तारीबाट छुटे लगत्तै पित्तथैलीको शल्यक्रिया गरेर अस्पताल बसेका थिए । जसका कारण एमालेको बैठक बस्न समय लागेको नेताहरूले बताउँदै आएका छन् ।
प्रतिक्रिया