सरकारको डोजर आतंकविरुद्ध बुटवलमा विशाल प्रदर्शन

सोमबार, ०४ जेठ २०८३, १४ : ४५

काठमाडौं - सर्वोच्च अदालतले डोजर आतंक बन्द गर्न सरकारका नाममा अन्तरिम आदेश नै जारी गरेपनि प्रधानमन्त्री बालेन्द्र शाहले अवज्ञा गर्दै देशका विभिन्न स्थानमा डोजर आतंक मच्चाएको भन्दै हिजो बुटवलमा विशाल विरोध प्रदर्शन भएको छ । भूमिहिन, सुकुम्बासीहरुले बालेनको राज्य आतंकको विरुद्धमा हजारौं सहभागी हुँदै विरोध प्रदर्शन गरिएको हो ।

बुटवलमा गरिएको प्रदर्शनपछि राष्ट्रिय स्वतन्त्र पार्टी समेत झस्किन पुगेको छ । सर्वोच्च अदालतको आदेशपछि पनि सरकारले देशव्यापी रुपमा डोजर आतंक मच्चाउन नछोडेपछि गरिब, निमुखा र सुकुम्बासी जीवन बिताउन बाध्य भएकाहरु सडकमा आएर विरोध प्रदर्शन गर्न बाध्य भएका हुन् ।

पछिल्लो पटक बाँके र मकवानपुरमा डोजर लगाएर सयौं घरहरु भत्काइएको थियो ।

सुकुम्बासी र गरिब बर्गमाथि राज्यले गरेको बर्बर र आततायी दमनका विरुद्धमा गत साता काठमाडौंको माइतीघर मण्डलामा पनि विरोध प्रदर्शन भएको थियो । पछिल्लो समय राज्य आतंककाविरुद्धमा जनप्रदर्शनहरु बढ्दो छ ।

नजिकिँदो बर्षायाममा गरिब र सुकुम्बासीहरुका घर भत्काइएपछि उनीहरुको जीवन दयनीय बनिरहेको छ ।

सोमबार, ०४ जेठ २०८३, १४ : ४५

प्रतिक्रिया