सेबोन अध्यक्षका लागि ४ जनाको ‘सर्टलिस्ट’ सार्वजनिक

मंगलबार, ०५ जेठ २०८३, १६ : ४९

काठमाडौं- नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले ४ जना उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक गरेको छ।

समितिले मंगलबार सूचना जारी गर्दै डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्टलाई अन्तिम सूचीमा समावेश गरिएको जनाएको हो।

धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार गठित समितिले वैशाख १५ गते इच्छुक व्यक्तिहरूबाट बायोडाटा आह्वान गरेको थियो। तोकिएको समयभित्र आवेदन दिएका ४७ जनामध्येबाट ४ जनालाई छनोट गरिएको हो।

छनोटमा परेका उम्मेदवारलाई शुक्रबार अर्थ मन्त्रालय, सिंहदरबारमा छलफलका लागि बोलाइएको छ। छलफलपछि समितिले मन्त्रिपरिषद्समक्ष ३ जनाको नाम सिफारिस गर्नेछ।

सिफारिस भएका उम्मेदवारमध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नेछ।

WhatsApp-Image-2026-05-19-at-16.14.39-1

 
मंगलबार, ०५ जेठ २०८३, १६ : ४९

प्रतिक्रिया