काठमाडौं- नेपालमा विद्युतीय सवारीसाधनप्रतिको बढ्दो आकर्षणलाई लक्षित गर्दै सीजी मोटर्स ले काठमाडौंको भृकुटीमण्डपमा बुधबारदेखि ‘महा मेला एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ ।
सीजी मोटर्सले आयोजना गरेको मल्टी–ब्राण्ड ईभी शोकेसमा दुई पांग्रे, चार पांग्रे, व्यावसायिक तथा प्यासेन्जर विद्युतीय सवारीसाधन एकै स्थानमा प्रदर्शनीमा राखिएका छन् । कार्यक्रममा कम्पनीले आयात गरेका विभिन्न अन्तर्राष्ट्रिय ईभी ब्राण्डका कार, भ्यान, पिकअप तथा टु–विलर मोडल अवलोकनका लागि प्रस्तुत गरिएको छ ।
कम्पनीकी प्रोडक्ट हेड प्रतिमा पौडेल ले ग्राहकलाई एउटै प्लेटफर्मबाट विभिन्न प्रकारका ईभी सवारीसाधन अनुभव गराउने उद्देश्यले कार्निभल आयोजना गरिएको बताइन् । उनका अनुसार टु–विलरतर्फ ‘अपग्रेड जात्रा’ तथा फोर–ह्वीलरतर्फ ‘महा मेला एक्सचेन्ज कार्निभल’ सञ्चालन गरिएको हो । उनले हिरो ब्राण्डका १९ वटा टु–विलर मोडल तथा फोर–ह्वीलरतर्फ ६ वटा विभिन्न ब्राण्डका ईभी सवारीसाधन प्रदर्शनीमा राखिएको जानकारी दिइन् ।
कार्निभलमा अन द स्पट एक्सचेन्ज सुविधा, टेस्ट ड्राइभ, फाइनान्सिङ वा एक्सचेन्ज गर्दा १४ हजार रुपैयाँसम्म टपअप अफर, गेम्स तथा कफी स्टलसमेत राखिएको छ ।
कार्यक्रमको उद्घाटन गायक तथा संगीतकार कालिप्रसाद बास्कोटा ले गरेका हुन् । उनले विद्युतीय सवारीसाधन खरिद गर्ने सोच बनाएका ग्राहक, अटोमोबाइल पारखी, व्यवसायी तथा सार्वजनिक यातायात क्षेत्रमा ईभी अपनाउन चाहनेहरूका लागि कार्निभल उपयुक्त अवसर हुने बताए । उनले आफूले प्रयोग गरिरहेको एक्सपेङ गाडीको पनि प्रशंसा गरेका थिए ।
सीजी मोटर्सले यो कार्यक्रमलाई केवल सवारी प्रदर्शनी नभई दिगो, वातावरणमैत्री तथा प्रविधिमैत्री यातायात प्रवर्द्धन गर्ने अभियानका रूपमा अघि बढाइएको जनाएको छ । छ दिनसम्म सञ्चालन हुने कार्निभल जेठ ११ गतेसम्म जारी रहनेछ ।
प्रतिक्रिया