अपडेट

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

विहीबार, ०७ जेठ २०८३, ११ : १०

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मूल्य तोलाको १८ सयले बढेर तोलाको २ लाख ९३ हजार ८ मा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९२ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको ९० रुपैयाँले बढेर ५०५० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४९६० मा कारोबार भएको थियो ।

 
 
विहीबार, ०७ जेठ २०८३, ११ : १०

प्रतिक्रिया