डाबरको मह गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न विभागको निर्देशन

विहीबार, ०७ जेठ २०८३, १२ : ३९

काठमाडौं- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन भेटिएको डाबर ब्रान्डको मह तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।

विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुना परीक्षण गर्दा ‘डाबर हनी’ न्यूनस्तरको पाइएकाले बिक्री वितरण रोक्न तथा बजारबाट फिर्ता गर्न आदेश जारी गरेको जनाएको हो ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३५(१) अनुसार विभागले उक्त ब्याच नम्बरको मह रिकल (फिर्ता) गर्न निर्देशन दिएको हो ।

विभागका अनुसार ५०० ग्राम प्याकेटमा रहेको डाबर हनीको ब्याच नम्बर ‘NB00477’ परीक्षणका क्रममा गुणस्तरहीन ठहरिएको छ । उक्त उत्पादनमा उत्पादन मिति २०२५/१२ उल्लेख गरिएको छ भने उपभोग अवधि १८ महिना रहेको जनाइएको छ ।

विभागले सम्बन्धित उत्पादक तथा वितरकलाई उक्त उत्पादन बिक्री नगर्न निर्देशन दिँदै उपभोक्तालाई पनि सचेत रहन आग्रह गरेको छ ।

 
विहीबार, ०७ जेठ २०८३, १२ : ३९

प्रतिक्रिया