प्रधानमन्त्रीलाई रास्वपा सांसद आशिका तामाङको प्रश्न- ‘कति दिन अवरोध खेप्ने ?’

विहीबार, ०७ जेठ २०८३, १७ : १३

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ ले संसद् बैठक पटक–पटक अवरुद्ध हुँदा सांसदहरूले अनावश्यक रूपमा समय गुमाउनुपरेको भन्दै प्रधानमन्त्रीको उपस्थितिको माग गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री उपस्थित नभएकै कारण दुई घण्टासम्म संसद् अवरुद्ध हुनु दुःखद भएको उल्लेख गरेकी छन् ।

तामाङले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भएर सम्बोधन गर्न आग्रह गर्दै सांसदहरूले बारम्बार अवरोध खेप्नुपरेको अवस्थाप्रति असन्तुष्टि जनाएकी हुन् ।

उनले लेखेकी छन्, “प्रधानमन्त्री आउनुभएन भनेर २ घण्टासम्म संसद् अवरुद्ध। एकपल्ट प्रधानमन्त्रीज्यूले संसद्मा आएर सम्बोधन गरिदिनुहुन हार्दिक अपिल गर्दछु, कति दिनसम्म हामी सांसदहरूले घण्टौंसम्म अवरोध खेपिरहनुपर्ने हो ?”

 
विहीबार, ०७ जेठ २०८३, १७ : १३

प्रतिक्रिया